Tuesday, April 21, 2026
spot_img
spot_img

केयीको अफर : ४८.९६ लाख पर्ने X3 Pro EV ३९.९६ लाख मै उपलब्ध

spot_img
spot_img

नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटीले केयी ‘बबाल अफर’ को घोषणा गरेको छ। यस सिमित-अवधि अफर अन्तर्गत, केयी एक्स थ्री प्रो ईभीको सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, अर्थात् रु ३९.९६ लाख को अतुलनीय मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेले उल्लेख गरेको छ। यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ। काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (तपाईं प्रवेश गर्ने बित्तिकै दायाँपट्टिको पहिलो स्टल) मा गएर एक्स थ्री प्रो ईभी को अनुभव लिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एक्स थ्री प्रो ईभीमा निम्न विशेषता छन्

• यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी
• १२०/९९ किलोवाट मोटर
• उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन
• लक्जरी र फराकिलो इन्टेरियर
• उत्कृष्ट ड्राइभिङ कम्फर्ट
• सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन
• १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
• प्यानोरामिक मूनरुफ
• अटो होल्ड
• लिथियम आइरन फस्फेट ब्याट्री
• ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील
• स्पेयर पार्ट्स किफायती

यो अफर देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...
spot_img