Thursday, June 18, 2026
spot_img

युनाईटेड इदी मर्दीले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

spot_img
spot_img

युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

सम्झौतापत्रमा युनाईटेड इदी मर्दी एण्ड आ.बि.हाइड्रोपावर लि.को तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्।

कम्पनीको २०८१ साल चैत्र ११ गते सोमबारको दिन सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । विगत तीन वर्षदेखि लगातार लाभाशं वितरण गर्दै आएको यस कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब रहेको छ । हकप्रद शेयरको निष्काशन पश्चात् कम्पनीको जारी तथा चुक्ता रु.९२.१६ करोड हुनेछ ।

यस कम्पनीले कास्कीमा ७ मेगावाट मर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७६ साल आश्विन देखि व्यवसायिक रुपमा उत्पादन गरीरहेको छ । साथै, यस कम्पनीले हकप्रद शेयर जारी गरी सो बाट प्राप्त रकमलाई अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना समेत बनाएको छ ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...
spot_img