Saturday, June 20, 2026
spot_img

२७ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, लाभांश क्षमता कति ?

spot_img
spot_img

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १० करोड ३१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २७.१९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड १७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २२.५४ प्रतिशतले घटेर २२ करोड ४५ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी  पनि २४.५१ प्रतिशतले घटेर २३ करोड ४ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ४.३९ प्रतिशतले घटेर १४ करोड ९८ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत २ करोड ६८ लाख छुट्याएको छ । खुद ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको नाफा घटेको देखिन्छ ।

कम्पनीको वितरणयोय मुनाफा ८ करोड ५४ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ७.९८ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ७.९८ प्रतिशत रहेको देखाउछ ।

कम्पनीको चुक्ता पुंजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ९.५० प्रतिशत बोनस शेयर दिएको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५.०१ रुपैयाँबाट घटेर ९.९८ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १२५.९५ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ३.३४ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img