रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको गर्ने छ। जस अनुसार कम्पनीले ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













