शिवश्री हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद निष्काशनको अनुमति दिएको हो। अब शिवश्री हाइड्रोले हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













