Tuesday, April 21, 2026
spot_img
spot_img

नाडा अटो शोमा १०० बढी स्टल रहन्छन्, विगतको गरिमा कायम राख्दै थप बृहत हुन्छः संयोजक बराल

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको आयोजनामा हुने ‘नाडा अटो शो’मा १०० भन्दा बढी स्टल रहने भएका छन् । भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा १०० भन्दा बढी स्टल रहने टुङ्गो लागेको अटो शोका संयोजक अनुप बरालले जानकारी दिए ।

चार पाङ्ग्रे, दुइ पाङ्ग्रे, लाइट कमर्सियल भेहिकल, कम्पोनेन्ट, बैंक तथा इन्स्योरेन्स कम्पनी लगायतका स्टल रहने छन् । केही कम्पनीले आफ्ना नयाँ मोडलसमेत नाडा अटो शोको अवसरमा लन्च गर्ने भएका छन् ।

उनका अनुसार अहिले स्टल बाँडफाँड पश्चात आन्तरिक र डिजाइनको तयारीमा नाडा जुटेको छ । अब केही दिन पछि पत्रकार सम्मेलनको आयोजना गरेर अटो शो सम्बन्धि विस्तृत जानकारी दिइने संयोजक बरालको भनाइ छ ।

यस संस्करणको अटो शोको मुख्य प्रायोजकमा एमएडब्ल्यू ग्रुप अफ कम्पनीज् रहेको छ । डिजिटल टिकेट पार्टनरमा खल्ती रहने छ । नाडा अटो शोमा ‘मेड इन नेपाल पेभेलियन’, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफे जस्ता विशेष आकर्षणहरु रहने छन् ।

‘नाडाको गरिमा कायम रहने गरी नाडा अटो शो हुन्छ, विगतको जस्तै बृहत्त हुने कुरामा कुनै शंका छैन’ संयोजक बरालले भने, ‘विगतदेखि नै नेपालको ठूलो र बृहत अटो शोका रुपमा परिचित नाडा अटो शो यसपटक पनि त्यो प्रतिष्ठा र गरिमा कायम रहने गरी आयोजना हुन्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img