Thursday, July 9, 2026
spot_img

विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न मधेश झरे हितेन्द्रदेव शाक्य

spot_img

लामो खडेरीका कारण सुख्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली मधेश प्रदेश पुगेको छ ।

कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरी सुख्खा खडेरी पर्दा देखिएको संकटमा आम सर्वसधारणलाई राहत हुने गरी सिंचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनि सुझाव लिएका थिए ।

प्रधान्मन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्‍न जिल्लामा ५ सय डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबबेल सञ्‍चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन शाक्य सहितको टोली मधेश प्रदेश पुगेको हो ।

सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुने तर त्यसको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताएका छन् । प्राधिकरणका कारणले डिप ट्युबबेल जडान गर्ने काम नरोकियोस् भन्‍ने कुरामा प्राधिरका सचेत रहेको र त्यसैका लागि आफू स्वयम् फिल्डमा आएको शाक्यले बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा, २५ प्रतिशत काम सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा...
spot_img