Wednesday, June 24, 2026
spot_img

सारथी लजिस्टिक्सको शाखा विराटनगरमा, २५ बढी शहरहरूमा बुकिङ सुरु

spot_img
spot_img

सारथी लॉजिस्टिक्स प्रा.लि.ले विराटनगरमा आफ्नो नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गरेको छ।

ती गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, र त्रिशूली रहेका छन्।

यस अवसरमा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले आफ्नो मन्तव्यमा भने “हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं। यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो – जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। ”

उनले चाँडै नै देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजना रहेको उल्लेख गरे।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img