Thursday, May 7, 2026
spot_img
spot_img

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति

spot_img
spot_img

 नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो ।

थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्ने छन् । एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहेका छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहेका छन् ।

एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् । एचसीसीएन कार्यकारिणी समितिमा आइसल्याण्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।

नवनिर्वाचित डीन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै आर्थिक कुटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए । साधारणसभामा परराष्ट्र मन्त्री डा. आरजु राणा, आर्थिक कुटनीति विषयका मुख्य टिप्पणीकार पूर्व परराष्ट्र सचिव एवं पूर्व राजदूत ज्ञानचन्द्र आचार्य निवर्तमान डीन चन्द्रप्रसाद ढकाललगायत सन् २०२४/२०२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानको लागि उनले धन्यवाद दिएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा...

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक...

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...
spot_img