Thursday, July 9, 2026
spot_img

बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओ बन्न ४ जनाको आवेदन

spot_img

बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि ४ जनाको आवेदन स्वीकृत भएको छ।  कम्पनीले गठन गरेको सीइओ छनौट समितिले असार २४ गते सीइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको थियो ।

जसमा छनौट समितिले ४ जनाको आवेदन स्वीकृत गरेको हो। जसमा धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेत छन् ।

आवेदन दिएका मध्ये राजु श्रेष्ठ मेकानिकल इन्जिनियर हुन् । २७ वर्षदेखि जलविद्युत क्षेत्रमा आवद्द उनले नेपाल तथा विदेशका विभिन्न जलविद्युत आयोजनामा एक्सपर्टको रुपमा काम गरेका छन् ।

अरुण रजौरिया हाल एचआईडिसिएलको डेपुटी सीइओ छन् ।  उनी ९ वर्ष देखि एचआईडिसिएलमा आवद्द छन्। उनी एचआईडिसिएलको सीइओको दौडमा पनि थिए ।

पवन अधिकारी हाल नेपाल सरकारको भेरी बबई डाइभर्जन आयोजनामा सिनियर डिभिजनल इन्जिनियरको रुपमा कार्यरत छन् ।

कृष्ण सिंह बस्नेत इन्जिनियर हुन् । उनी सडक बोर्ड नेपालको कार्यकारी निर्देशक रहिसकेका छन् । उनले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संस्थामा कन्सल्ट्यांन्ट भएर काम गरिसकेका छन् ।

अब यी ४ जना मध्ये कम्पनीले एक जनालाई सीइओ नियुक्त गर्ने छ । सीइओको कार्यकाल ४ वर्षको हुने छ । यो गोरखा र धादिङमा पर्ने गरि प्रस्ताव गरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि गठन गरिएको कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...
spot_img