Thursday, July 9, 2026
spot_img

यातायात विभागको स्वीकारोक्तिः हामीसँग ईभीको मोटर पावर जाँच गर्ने प्रविधि छैन

spot_img

यातायात व्यवस्था विभागले नाडा अटोमोबाइल्स एसोसियशन अप नेपाललाई जथाभावी पत्र लेख्दै हिडेको आरोप लगाउँदै सवारी आयातमा विभागबाट कुनै अवरोध नरहेको दाबी गरेको छ । नाडाले असार २६ गते पठाएको पत्रको जवाफ दिँदै विभागले सवारी आयातको अनुमतिको विषयमा मन्त्रालय र चिनियाँ दूतावास गुहारेको भन्दै असन्तुष्टि जनाएको छ ।

तर, नाडालाई लेखेको पत्रमा विभागले आफूसँग विद्युतीय सवारीमा हुने मोटरको पीक पावर जाँच गर्ने प्रविधि नरहेको स्वीकार गरेको छ । ‘विद्युतीय सवारीमा मोटरको अधिकतम क्षमताको आधारमा भन्सार महसुल कायम गरिएको र नेपालमा मोटरको पिक पावर जाँच गर्ने प्रविधि उपलब्ध नभएको कारण भन्सार महशुल छल्ने प्रयोजनका लागि सवारीको मोटर पावर मोडिफिकेशन गर्न सक्ने वा कागजातमा मात्र मोटर पावर न्यून देखाउन सक्ने अवस्था विद्यमान छ’ विभागले भनेको छ ।

विभागले कागजातको आधिकारिकता जाँच गर्न थप कागजात समेत माग गर्ने गरिएको र इमेलबाट समेत पुष्ट्याई खोज्ने गरिएको जनाएको छ । तर, नियम अनुसार कागजात प्राप्त भएका कुनै पनि फर्म वा कम्पनीको सवारी आयात प्रक्रियामा अवरोध नभएको विभागको दाबी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...
spot_img