किङ फुड्स प्रा.लि.ले “मिठास टुकुचे १४०१” बासमती चामल बजारमा ल्याएको छ । १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामल बिक्री गरिरहेको किङ फुड्स प्रा.लि. ले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामलको औपचारिक घोषणा गरेको हो।
कम्पनीका अनुसार उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी, ५ के.जी. र २० के.जी. मा उपलब्ध छ। साथै नजिकको थोक बजारहरू पनि उपलब्ध रहेको र निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मा पनि यो चामल उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले “मिठास” र “महारानी” जस्ता बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ ।













