Thursday, April 23, 2026
spot_img
spot_img

नेपालमा सार्वजनिक भयो BYD SEALION 7, मूल्य ७२.९९ लाख

spot_img
spot_img

नेपालमा BYD SEALION 7 Electric SUV सार्वजनिक भएको छ। बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आज औपचारिक कार्यक्रम गरेर गाडी सार्वजनिक गरेको हो ।

 कम्पनीले बिवाइडीको दोस्रो एसयूभीको रूपमा सिलायन सेभेनको बिक्री सुरु गर्न लागेको हो । अहिलेसम्म ब्लाइन्ड बुकिङ चलिरहेको सिलायन सेभेनको आजबाट औपचारिक रुपमा बिक्री खुलेको छ । नेपाल आएको सिलायन सेभेनमा ७१.८ किलोवाट आवरको ब्याट्री प्याक छ ।

कम्पनीका अनुसार सिलायन–सेभेनको लम्बाइ ४ हजार ८३० एमएम, चौडाइ १ हजार ९२५ एमएम, उचाइ १ हजार ६२० एमएम छ । यसमा २ हजार ९३० एमएम लामो ह्वीलबेस छ । सिलायन–सेभेनको प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आएको छ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ । परफर्मेसन भेरिएन्ट भने अल ह्विल ड्राइभ अप्सनमा आएको छ । जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ । सिलायन सेभेनको प्रिमियम भेरिएन्टले फुल चार्जमा ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

दुई वटा भेरियन्टमा गाडी सार्वजनिक गरिएको हो, जसको मूल्य ७२ लाख ९९ हजार र ७४ लाख ९९ हजार तोकिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...
spot_img