ओमाडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा.लि.ले ‘जेइको जे–५’ लन्च गर्ने भएको छ । कम्पनीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा पूर्ण विद्युतीय प्रिमियम एसयुभि ‘जेइको जे–५’ सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ–५ र जेइको जे–६ ईभी लाइनअपसँगै नयाँ जेइको जे–५ ल्याउने भएको हो । यसको बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताले नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने विश्वास लिइएको छ ।
एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे–५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल–रोड’रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन रहेको कम्पनीले जनाएको छ । जे–५ को सार्प–एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको बताइन्छ ।
यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४० डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफ–रोड यात्राका लागि एकदमै उपयुक्त बनाउने बताइएको छ ।
जे–५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले भरिपूर्ण छ । यसमा कनेक्टेड कार टेक्नोलोजी सहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।
जेइको जे–फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८ इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयूभीले एक पटकको चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।
जेइको जे–५ ले चालक वा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको र यसमा लेभल २ एडासको विशेषताहरू समावेश रहेको कम्पनीले जनाएको छ । जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’ र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।
नाइमा २०२५ मा ‘जेइको जे–५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित जेइको जे–५ ले नेपाली ग्राहकमाझ एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको रूपमा आफ्नो परिचय स्थापित गर्ने विश्वास लिइएको छ ।
कम्पनीले मूल्य भने लन्चकै अवसरमा सार्वजनिक गर्नेछ ।
एसपीजी अटोमोबाइल्सले बिक्री पश्चात उत्कृष्ट आफ्टर सेल्स सर्भिससमेत प्रदान गर्दै आएको छ ।













