Saturday, May 2, 2026
spot_img
spot_img

भूगोल इनर्जी र दोल्ती पावर कम्पनीले हकप्रद निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

spot_img
spot_img

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएका छन्। दुवै कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका हुन्।

दुवै कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका हुन् । हकप्रद सहितका प्रस्ताव पारित गर्न दुवै कम्पनीले साउन २२ गते विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।

यस्ता छन् दुवै कम्पनीको विशेष साधारणसभामा पेश हुने प्रस्ताव: 

१. कम्पनीको हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा संचालक समितिले गरेको निर्णय सम्बन्धमा ।

२. अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरि प्रवन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।

३. उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरु समेत गर्न परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

४. विविध

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img