Thursday, May 7, 2026
spot_img
spot_img

शार्क ट्याङ्कको छैठौं एपिसोडमा अल्छि पसल र ओरेन्ज बलले पाए डिल, कुनले कति ?

spot_img
spot_img

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको छैठौं एपिसोडमा २ करोडको डिल भएको छ।  बिहीबार प्रसारण भएको छैठौं एपिसोडमा २ उद्यमसँग शार्कहरुले २ करोडको डिल गरेका हुन् ।

पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।

छैठौं एपिसोडमा क-कसले लगानी पाए, कसले पाएनन् ?

१. इन्क्सभिल्ला

सन्दिप लामा यस कम्पनीका फाउण्डर हुन् । उनको कम्पनीले ट्याटु सम्बन्धि सेवा प्रदान गर्दै आएको छ। उनको कम्पनीले इन्क्सभिल्ला नामको एप बनाएको छ, जसमा ट्याटु बनाउन चाहनेहरुले सो एपमार्फत आफुलाई मन पर्ने ट्याटुको डिजाइन छनौट गर्न सक्ने छन् । साथै एपबाट नै कुन आर्टिस्टसँग कहाँ र कतिबजे ट्याटु लगाउन जाने भन्ने पनि छनौट गर्न सक्छन् । एपमा विभिनन आर्टिस्टहरुले पनि आफ्ना डिजाइनहरु अपलोड गरेर एपमा आवद्द भएर सेवा दिन सक्छन् ।

यो व्यवसायलाई देश र विदेशमा समेत विस्तार गर्न लामाले १५ प्रतिशत शेयरको बदलामा डेढ करोड रकम लगानीको माग गरेका थिए। कुनै पनि शार्कहरुले उनको कम्पनीमा लगानी गर्न चाहेनन् र उनले डिल पाएनन् ।

२. ओरेन्ज बल प्रालि

यस कम्पनीले विभिन्न सरसफाई सेवा र किट नियन्त्रण गर्ने सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ग्यारेन्टीका साथ घर तथा कार्यालयमा साङ्लो, उडुस, झिंगा, कमिला, मुसा, माकुरा, धमिरा लगायतका किराहरु नियन्त्रण गर्दै आएको छ। साथै विभिन्न सरसफाई सेवा प्रदान गरिरहेको छ। कम्पनीले बि टु बि र बि टु सी बिजनेश मोडलमा यी सेवा दिदै आएको छ। कम्पनी ग्राहकहरुमा बैंक, सरकारी कार्यालय, अस्पताल, अन्य व्यवसायहरु रहेका छन् ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्नको लागि १० प्रतिशत शेयरको बदलामा १ करोड रुपैयाँ माग गरेको थियो। शार्क सौरभ ज्योतिले २० प्रतिशत शेयरको बदलामा १ करोड लगानी गर्ने तथा त्यसको शर्तको रुपमा फ्रेनचाइज मोडल र फ्युमिगेजन सेवा एक वर्ष भित्र सुरु गर्नु पर्ने बताए । शार्क क्याबिनेट श्रेष्ठको पनि यहि अफर थियो।

तर कम्पनीले १२ प्रतिशत शेयरको बदलामा १ करोडको काउन्टर प्रस्ताव गर्यो। १२ प्रतिशतमा आफु नआउने भन्दै शार्क क्याबिनेट श्रेष्ठ बाहिरिए। अन्तिम शार्क सौरभ ज्योतिसँग १५ प्रतिशत शेयरको लागि १ करोडको डिल भएको हो।

शार्क हेमराज ढकालले बैंक लगायत आफ्नो अन्य व्यवसायमा कम्पनीको सेवा लिने भने बताए। शार्क आनन्द बगरियाले कम्पनीलाई आफ्नो सम्पूर्ण फ्याक्ट्रीमा आएर अवस्था हेर्न र त्यसपछि के गर्न सकिन्छ सुझाव दिन आग्रह गरे।

३. मराम्चे अर्ग्यानिक कृषि फार्म 

यो फार्म बलराम पौडेलले संचालन गरेका हुन्। उनले पशुपालन, तरकारी खेति, दुध बिक्री लगायतका व्यवसाय गर्दै आएका छन् । उनले आफ्नो फार्ममा गाई भैसी थप गर्न, गोठ सुधार गर्न, व्यवसाय विस्तार गर्न ३० प्रतिशत शेयरको बदलामा ३० लाख रकमको माग गरेका थिए। साथै दुध र तरकारी ढुवानी गर्न गाउँघरको कच्ची बाटोमा सहजै चल्ने बुलेरो गाडीको माग गरेका थिए। बुलेरो गाडी बिक्री गर्ने अग्नि ग्रुपमा क्याबिनेट श्रेष्ठ नै शार्कको रुपमा त्यहि भएपछि हाँसो गुन्जिएको थियो। तर पौडेलले उनी बुलेरोको साहु नै रहेको कुरा आफुलाई थाहा नपाएको बताए।

शार्क सौरभ ज्योतिले बाइक वा स्कुटी भए पनि हुन्छ भन्दा पौडेलले कच्ची बाटोमा गाडी नै चाहिने उल्लेख गरे। शार्क क्याबिनेट श्रेष्ठले आफुलाई कृषिबारे जानकारी नरहेको तर एउटा बुलेरो गाडीको लागि कम्पनीबाट व्यक्ति पठाएर व्यवसाय हेरेर खर्च उठ्ने गरि एउटा गाडीको व्यवस्था गर्ने प्रतिवद्दता व्यक्त गरे। शार्क सौरभ ज्योतिले दुधको खपतको लागि सहयोग गर्ने बताए। शार्क आनन्द बगरियाले कुनै बैंक मार्फत उनलाई ३० लाखको व्यवस्था गरिदिने बताए।

तर पौडेलले डिल पाएनन् ।

४. अल्छि पसल

अल्छिका फाउण्डर मनिष श्रेष्ठ र कृति शाक्य हुन् । उनीहरुले बोर्ड गेम उत्पादन तथा बिक्री गर्दै आएका छन् । जसमा कम्पनीले इतिहासका कथाहरुलाई, संस्कृति, परम्पराहरुलाई पनि बोर्ड गेममा आवद्द गरेको छ। कम्पनीसँग २० प्रकारका बोर्ड गेम्स रहेका छन् । कम्पनीले आफ्नो व्यवसायलाई विस्तार गरेर भारत, जापान, युके, मध्य पूर्वमा लैजाने योजना बनाएको छ।

कम्पनीले व्यवसाय विस्तारको २५ प्रतिशत शेयरको बदलामा डेढ करोड रुपैयाँ माग गरेको थियो। शार्क क्याबिनेट श्रेष्ठले ४० प्रतिशत शेयरको बदलामा डेढ करोड लगानी गर्ने बताए। तर कम्पनीले २५ प्रतिशत शेयरको बदला १ करोड रकम र आवश्यक परे ५० लाख ऋण लगानीको लागि शार्क क्याबिनेटलाई प्रस्ताव गर्यो। यदि कम्पनीले सो ऋण  लिएमा ऋण नतिर्दासम्म ऋणको रकममा पनि नाफा लिने गरि शार्क क्याबिनेट श्रेष्ठसँग फाइनल डिल भएको हो । अर्थात् शार्क क्याबिनेट श्रेष्ठले  २५ प्रतिशत शेयरको बदला १ करोड रकम र ५० लाख ऋणको लागि डिल भएको हो।

शार्क हेमराज ढकालले विदेशमा रहेका नेपालीहरुसम्म कम्पनीको प्रोडक्ट पुर्याउन सहयोग गर्ने बताए।

यो पनि : शार्क ट्यांकको पाँचौं एपिसोडमा एउटै व्यवसायले पायो २ करोडको डिल, अरुले कति पाए ?

शार्क ट्याङ्कको तेस्रो एपिसोडमा ९० लाखको डिल: कसले पाए, कसले पाएनन् ?

पूर्व सांसद शान्ताको शार्क ट्यांक यात्रा: डिल नपाए पनि पाईन् सहयोगको वाचा र सम्मान

शार्क ट्याङ्क: मेरो कोडिङले पायो १ करोड २ लाख, सबको फोनद्वारा २ करोडको अफर रिजेक्ट

शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...
spot_img