Tuesday, June 23, 2026
spot_img

४७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा, लाभांश क्षमता कति ?

spot_img
spot_img

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। यस संगै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो कम्पनी बनेको छ।

प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख पुगेको छ। बैंकको  संचालन आम्दानी  पनि ४.१९ प्रतिशतले बढेर २ अर्ब ६३ करोड २६ लाख पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख पुगेको छ। यसले बैंकको लाभांश क्षमता १७.३० प्रतिशत रहेको देखाउछ ।

३ अर्ब ५१ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भ २ अर्ब ३९ करोड रहेको छ। यस अवधि बैंकले ६२ अर्ब ८३ लाख निक्षेप संकलन गरेको छ भने ४९ अर्ब ९६ लाख कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७.७३ रुपैयाँबाट बढेर १८.१० रुपैयाँ पुगेको छ। प्रतिको प्रति शेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ३.३८ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img