राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार शेयर बाँडफांड गरेको हो ।
कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ७१ हजार ६५ जनालाई ५४ लाख २३ हजार ८ सय २७ कित्ता शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ। यस संगै बिक्री नभएको ७ लाख ४ हजार १ सय ११ कित्ता शेयर लिलाममा आउने छ।
हक भन्दा बढीको आवेदन दिएकाहरुलाई साउन २ गतेदेखि आइपीएस मार्फत समबन्धित शेयरधनीको बैंक खाता मै पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













