Thursday, April 23, 2026
spot_img
spot_img

‘नाइमा एक्स्पो’ अटोमोबाइल्स पारखीलाई नयाँ नयाँ ‘टेक्नोलोजी’ देखाउने ‘फोरम’ हो (अन्तरवार्ता)

spot_img
spot_img

चाडपर्वको छेको पारेर सवारी साधन तथा अन्य धन दौलत जोड्ने नेपालीहरुको संस्कार नै छ । प्राय: गाडी, मोटरसाइकल, सुनचाँदी, घर घँडेरी किन्नेहरुमध्ये अधिकांशले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडवाडकै अवसरमा किनेका हुन्छन् ।

दशैँ तिहार जस्ता चाडपर्वलाई नै लक्षित गरेर अटोमोबाइल्स आयातकर्ता तथा बिक्रेता कम्पनीले नयाँ नयाँ मोडल तथा ब्राण्डहरु सार्वजनिक गर्छन् । यसपाली पनि साउन २१ देखि २५ गतेसम्म ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा)ले ‘नाइमा मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ । कुल ५० ब्राण्डले सहभागीता जनाउने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुइ पाङ्ग्रेका १७ र व्यवसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् ।

नाइमा एक्स्पोका संयोजक हुन् शिरिष मुरारका । नाइमा एक्सपोबारे हामीले मुरारकालाई सोध्यौँ, ‘एक्स्पोको स्टल बाँडफाँड सकिएको छ । अहिले तपाइहरु कुन चरणको तयारीमा हुनुहुन्छ ?’

हामीसँग ५० ब्राण्डका ४८ स्टल रहने टुङ्गो लागिसकेको छ । स्टल बाँडफाँड सकिएपछि हामी स्टल निर्माणको चरणमा प्रवेश गरेका छौँ । सहभागी कम्पनीहरुले आफ्नो स्टल निर्माण गर्ने प्रक्रिया सुरु गरिसकेका छन् ।

क्रमश: हामी अब प्रचारप्रसारमा जाँदैछौँ । साथै, प्रदर्शनीस्थल भृकुटीमण्डपमा हामीले गर्नुपर्ने काम पनि धेरै छन् । त्यसतर्फ पनि केन्द्रित भइरहेका छौँ ।

नाइमा एक्स्पोमा सहभागीहरुको सूची हेर्दा दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारी मात्रै देखियो । सवारी खरिद बिक्रीमा बैंक र इन्स्योरेन्स सँगसँगै जोडिने क्षेत्र हो । नाइमाले बैंक र इन्स्योरेन्सको स्टल नराखेको हो ?

चार पाङ्ग्रे होस् वा दुइ पाङ्ग्रे होस्, कम्पनी नै कुनै न कुनै बैंक र इन्स्योरेन्स कम्पनीसँग जोडिएको हुन्छ । कम्पनीहरुले ल्याउने अफरसँग पनि फाइनान्सिङ र इन्स्योरेन्स जोडिएकै हुन्छ ।

अर्को कुरा, ग्राहकहरु पनि यसबारे सचेत नै हुन्छन् । उनीहरु गाडी किन्न आउँदा कम्पनीले भनेको इन्स्योरेन्समा जानैपर्छ भन्ने हुँदैन, उनीहरुको आफ्नै सम्बन्ध र सम्पर्क भएको बीमा कम्पनीमार्फत पनि आफ्नो गाडीको बीमा गराउन सक्छन् ।

 

 

 

 

 

यसो भन्दै गर्दा, नाइमा एक्स्पोमा बैंक र इन्स्योरेन्सलाई सहभागी नगराउने भन्ने होइन । हामी अहिले पनि केही बैंक र बीमा कम्पनीसँग छलफलमै छौँ । कम्तीमा एउटा बैंक र एउटा इन्स्योरेन्स कम्पनी सहभागी हुन्छन् ।

बैंकहरुसँग अहिले पैसा थुप्रिएर बसेको छ । स्टल खुला गर्दा नै बैंकहरुले बुकिङ गर्नुपर्ने हो, किन भएन ?

उहाँहरु नआउनु भएको वा हामीले नखोजेको भन्ने होइन । हामी बैंक र इन्स्योरेन्सलाई सहभागी गराएरै अघि बढ्छौँ । अहिले पनि छलफल भइरहेको छ, समय पनि बाँकी नै छ । नाइमा एक्स्पोमा बैंक र इन्स्योरेन्सका स्टल पनि रहन्छन्, यो चाहिँ पक्का हो ।

नाइमा गठन भएपछि पहिलो एक्स्पो आयोजना हुँदैछ । ब्राण्डहरुको सहभागीताले तपाइहरुलाई उत्साहित बनाएकै होला । तर हालै रसुवागढी नाकामा बाढीले ठूलो क्षति गर्‍यो । उक्त क्षतिले एक्स्पोलाई असर गर्दैन ?

भोटेकोशीमा आएको बाढीले रसुवा भन्सार कार्यालयका संरचनासहित नेपाल र चीन जोड्ने पुल नै बगायो । विभिन्न कम्पनीहरुले आयात गरेर भन्सार यार्डमा राखेका गाडीहरु नै बगाएको छ । मानवीय क्षति पनि भएको छ । यस आधारमा निकै ठूलो क्षति पुग्यो, नाइमाले वक्तव्यमार्फत नै दु:ख व्यक्त गरिसकेको छ ।

जहाँसम्म उक्त क्षतिले एक्स्पोलाई प्रभाव पार्छ कि पार्दैन भन्ने प्रश्न छ, हामीले पाएको जानकारीमा तातोपानी नाका सुचारु नै छ । ‘केही च्यालेन्जिङ’ हुन सक्ला तर, एक्स्पोका लागि निकै गाह्रो स्थिति आउँछ भन्ने देखिँदैन ।

यद्यपी, कुनै कम्पनीले नयाँ मोडल ल्याउने क्रममा रहँदा केही असजिलो पर्न सक्छ । हामीले बुझ्दाखेरी कम्पनीहरुले असजिलो हुने भयो भन्ने जानकारी गराउनु भएको छैन । केरुङको सामान तातोपानीतर्फ डाइभर्ट गरेर ल्याउनका लागि नेपाल र चिनियाँ भन्सारले जुन सहजीकरण गरिरहेका छन्, यसले सहजै हुन्छ भन्ने अपेक्षा गरिएको छ ।

विगतदेखि हुँदै आएको ‘अटो शो’ भन्दा ‘नाइमा एक्स्पो’ फरक हुन्छ भनिरहनु भएको छ । कार्यक्रमको मोडालिटीमा के के फरक देख्न पाइन्छ ?

हामीले सहभागी हुने भिजिटर र सहभागी कम्पनी दूबैलाई सहज हुने गरी एक्स्पो आयोजना गर्दैछौँ । हामीले लक्की ड्रमार्फत नै स्टल बाँडफाँड गरेको भएपनि कुनै कम्पनीलाई ठूलो स्टल चाहिने भयो, कुनैले पाएको स्टल उसलाई ठूलो हुने भयो भने सट्टापट्टा गर्न सक्ने सुविधा दिएका छौँ । स्टल चार्जमा पनि हामीले सहुलियत प्रदान गरेका छौँ ।

चार पाङ्ग्रे र दुइ पाङ्ग्रेको मात्रै स्टल भएकाले साइजहरु स्वभाविक रुपमा ठूला नै छन् । यसले भिजिटरलाई पनि सहज हुन्छ । तपाई एक्स्पो स्थलभित्र प्रवेश गरेपछि सबै ब्राण्डका स्टल भिजिट गर्न सक्ने गरी हामीले प्लानिङ गरेका छौँ । यसका लागि पार्किङदेखि सबै कुरा व्यस्थित बनाएका छौँ ।

‘डायलग’ पनि गर्छौ, डेस्क राख्छौँ । यस्ता विविध कुराहरु छन्, जुन हामी विलकुलै फरक र नयाँ गर्दैछौँ ।

एक्स्पो भनेको ब्यापार केन्द्रित नै हुने हो, नाइमाको ब्यापारिक उदेश्य चाहिँ के छ ? कुनै आँकडा अनुमान गरिएको छ ?

हामीले अहिले न भिजिटर यति आउँछन् भनेर त्यतातर्फ लागेका छौँ, न कारोबार यति नै गर्छौँ भनेर लागेका छौँ । हामी विशुद्ध उपभोक्तालाई नयाँ नयाँ ब्राण्ड, मोडल र टेक्नोलोजी देखाउने अभियानमा छौँ । केही पोलिसीगत कुराहरु पनि छन्, जुन नाइमाका मुद्दाहरु हुन्, ति पनि राख्छौँ ।

हाम्रो अपेक्षा भनेकै ‘न्यू टेक्नोलोजी शोकेस’ होस्, उपभोक्ताले एउटै छानामुनी आएर कम्पनीका मोडल र अफरहरुबारे जानकारी लिन सकुन् र त्यसको लाभ पनि पाउन सकुन् भन्ने नै हो ।

अर्को कुरा, ट्राफिक र रोड सेफ्टी, डेटा बेस म्यानेजमेन्ट लगायतका विषयमा छुट्टै प्यानल डिस्कशन पनि गराउँछौँ ।

अहिले बजार ईभीमय भइरहेको छ । आयातकर्ता कम्पनीहरुलाई आफ्टर सेल्स सर्भिसमा जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ भन्ने बहस नागरिक तहबाटै आउन थालेको छ । यस सम्बन्धमा नाइमाले एक्स्पोमार्फत कुनै सन्देश दिन चाहेको छ कि छैन ?

नेपाली बजारमा ईभीको खपत बढ्नु नराम्रो कुरा होइन । तर, जसरी आफ्टर सेल्स सर्भिसमा प्रश्न छ, नाइमासँग जोडिएका कम्पनीहरुमा त्यस्तो समस्या छैन । विरासत र उपभोक्तामैत्री सेवाले नै कम्पनीहरुलाई टिकाउने हो । अहिले पनि नाइमासँग जोडिनु भएका कम्पनीहरु छन्, ति सबैले ‘थ्री एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्लाई फोकस गरेरै नेटवर्क बनाएका छन् ।

देशभरी डिलर्स नेटवर्क बनाएका छन्, सर्भिस नेटवर्क बनाएका छन् । सर्भिस नेटवर्कमै स्पेयर पार्टस् पनि आवश्यकता अनुसार उपलब्ध गराएका छन् । यस आधारमा आफ्टर सेल्स सर्भिसमा कम्पनीहरुले ‘कम्प्रोमाइज’ गरेका छन् भन्ने देखिँदैन ।

यातायात व्यवस्था विभागले आयात र एसेम्बलका लागि भनेर निर्देशिकाको ड्राफ्ट बनाएको कुरा छ । त्यसका केही प्रावधान त कार्यान्वयन गर्न सकिने छैनन्, तर आफ्टर सेल्सका कुराहरुमध्ये अधिकांश कुराहरु अहिले नै हामीले गरिराखेका कुरा छन् ।

अब नयाँ ब्राण्ड आउँदा एक महिना, दुइ महिना केही ‘स्ट्रेश’ पर्न सक्छ । तर, सधैका लागि त्यस्तो हुँदैन । मलाई लाग्छ, फेसिलिटी नदिने भन्ने ‘इन्टेन्सन’ कुनै पनि कम्पनीले राखेका हुँदैनन् ।

सरकारले ईभीलाई सहुलियत दिँदा निजी कारहरुको मात्रै ब्यापार बढ्यो, ‘पब्लिक ट्रान्सपोर्टेशन’मा ईभीको उपयोग खासै बढ्न सकेन भन्ने छ । एक्स्पोमा पनि ठूला ईभी गाडीहरु छैनन् । सार्वजनिक यातायातमा ईभीको खपत वा प्रयोग किन बढ्न सकेन ?

हुँदै नभएको भन्ने होइन । अहिले सार्वजनिक यातायातमा काठमाडौँबाहिर पनि उल्लेख्य मात्रामा ईभीको प्रयोग बढिरहेको छ । काठमाडौँबाट दैनिक छुट्ने र भित्रिने माइक्रो बसहरुमा ईभी र आइसी दूबैको उपस्थिति छ । ठूला बसहरु छैनन् होला, तर ईभी माइक्रो बसहरुको उपस्थिति बढिरहेकै छ ।

मेरो विचारमा ईभीमा ठूला बसहरुलाई धेरै देशहरुले एडप्ट गर्न सकेका छैनन् । सहुलियत मात्रैले ठूला ईभी बसहरु ल्याउन मूल्यका दृष्टिले पनि केही गाह्रो नै छ । तर, क्रमश: यसतर्फ पनि सरकारले सोच्नुपर्छ । के गर्दा ठूला बसहरु पनि ईभीमा ल्याउन सकिन्छ भनेर सरकारले छलफल चलाउन आवश्यक छ ।

पूर्वाधारको बहस छ, जनशक्ति उत्पादनका कुरा छन् । यी विषयमा सरकारसँग सहकार्य गर्न नाइमा तयार छ । यो भनेको एक दिनमा हुने विषय होइन, क्रमश: हुँदै जाने कुरा हो ।

हालै राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । त्यसमा हाम्रा माग सम्बोधन भएनन् भनेर नाइमाले पनि असन्तुष्टि जनाएको छ । हामीले के चाहेका थियौँ, के आएन ?

यसमा तीन वटा मुख्य कुरा थिए । पहिलो कुरा: डिजेल पेट्रोल र ईभी दूबैमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न सक्ने प्रावधान हुनुपर्छ भन्ने थियो । यो भनेको लोन टू भ्यालू रेसियो ८०:२० हुनुपर्छ भन्ने थियो ।

अर्को कुरा: एलसीको ओरिजिनको कुरा थियो । उदाहरणका लागि, कुनै युरोपियन ब्राण्ड छ, उसले उत्पादन चाहिँ चीनमा गर्छ भने हामीले चीनमै पैसा तिरेर गाडी ल्याउन सकियोस् ।

अर्को चाहिँ, जोखिम भार ७५ प्रतिशतमा झार्नुपर्छ भन्ने थियो । अहिले अटो लोनको जोखिम भार १०० प्रतिशत छ, यसलाई ७५ प्रतिशतमा झारेर सहज गरिदिनुपर्छ भन्ने थियो ।

यी वटै मेजर सुझावहरु मौद्रिक नीतिमा समेटिएनन् । समेटिएको भए अटोमोबाइल्स क्षेत्रमा कर्जा प्रवाह बढ्थ्यो । अटो क्षेत्र मात्रै यस्तो क्षेत्र हो, जसको लोन डिफल्ट दर १ प्रतिशतभन्दा पनि निकै कम छ । तर, यी विषय सम्बोधन नभएकाले हामीले असन्तुष्टि जनाउनु पर्‍यो । तर, आशा छ राष्ट्र बैंकले निर्देशनमार्फत पनि केही सहजीकरण गर्न सक्ने ठाउँ भएकाले केही न केही सहजीकरण पक्कै हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img