Thursday, May 7, 2026
spot_img
spot_img

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

spot_img
spot_img

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।  जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त स्वयं सहभागी भई अवार्ड ग्रहण गरेका थिए। एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ जस्ता महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेको छ ।

कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भने, “यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो । हामीले हाम्रा ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी अत्यन्त गर्वित भएका छौं ।”

त्यसैगरी उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img