Monday, April 20, 2026
spot_img
spot_img

शार्क ट्याङ्क: मेरो कोडिङले पायो १ करोड २ लाख, सबको फोनद्वारा २ करोडको अफर रिजेक्ट

spot_img
spot_img

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो एपिसोड मार्फत उद्यमीहरुले डेढ करोड बढी लगानी प्राप्त गरेका छन् । दोस्रो एपिसोडमा कुल ४ व्यवसायले शार्कहरु सामु बिजनेशबारे प्रस्तुति दिएका दिएका थिए ।

दोस्रो एपिसोड मार्फत २ वटाले डिल अर्थात् लगानी पाएका हुन् । एउटा व्यवसायमा शार्कहरुले लगानी गर्न इच्छा देखाएनन् भने एउटा व्यवसायमा शार्कले गरेको प्रस्ताव उद्यमीले अस्वीकार गरिदिए ।

पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।

दोस्रो एपिसोडमा क-कसले लगानी पाए, कसले पाएनन् ?

१. मेरो कोडिङ क्लासेस

यस कम्पनीका सहसंस्थापकहरु मुकुल भट्ट र सविन कार्की हुन्। कम्पनीले विभिन्न विद्यालयहरुसँग साझेदारी गरेर विद्यार्थीहरुलाई कोडिङ सिकाउने र अनलाइन मार्फत पनि कोडिङ सिकाउने काम गरिरहेको छ। मेरो कोडिङ क्लासेसबाट सिकेर एक विद्यार्थीले बनाएको गेम पनि शार्कहरुलाई खेल्न लगाईएको थियो।

आफ्नो व्यवसाय विस्तारको लागि उनीहरुले १० प्रतिशत शेयरको बदलामा ३० लाख रुपैयाँ माग गरेका थिए । जसमा शार्क क्याबिनेट श्रेष्ठ र हेमराज ढकाल मिलेर ४० प्रतिशत शेयर लिने गरि १.०२ करोड लगानी गर्ने गरि प्रस्ताव गरेका थिए। त्यसको काउन्टर प्रस्ताव स्वरूप  मुकुल भट्ट र सविन कार्कीले ३० प्रतिशत शेयर दिने गरि १.०२ करोड लगानी गर्ने गरि प्रस्ताव गरेका थिए। अन्तिममा शार्क क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले ३४ प्रतिशत शेयर लिने गरि १.०२ करोड लगानी गर्ने गरि डिल भएको हो। शार्क क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले  समान १७/१७ प्रतिशत शेयर लिने छन्।

२. शान्ताको अचार

यो कम्पनी पूर्व सांसद शान्ता चौधरीको हो। उनले अचार बनाएर शान्ताको अचार ब्राण्डमा बिक्री गर्दै आएकी छिन् । उनले व्यवसाय विस्तार गरेर विदेशमा रहेका लाखौं नेपालीसम्म आफ्नो अचार पुर्याउन चाहेको तथा अचार बाहेक अन्य प्रोडक्टमा जान चाहेको बताएकी थिइन् । त्यसको लागि थप लगानी चाहिएको तथा आफुलाई आर्थिक, नैतिक र भौतिक सहयोग चाहेको बताउदै ३० प्रतिशत शेयर दिने गरि २ करोड रकम माग गरेकी थिईन् । तर उनले धेरै रकम माग गरेको भन्दै कुनै पनि शार्कले उनको कम्पनीमा लगानी गर्न चाहेनन् ।  तर शार्कहरुले उनलाई अन्य सहयोग भने गर्ने भएका छन् । शार्क हेमराज ढकालले आफ्नो स्टोरहरु मार्फत उनको अचार बेचिदिने बताएका छन् ।

३. साथी प्याड

साथी प्याडकी संस्थापक प्रिया लामिछाने हुन् । उनले विदेशबाट समान मगाएर बायोडेग्रीडेबल सेनेटटी प्याड उत्पादन तथा प्याकेजिंग गरि साथी प्याडको ब्राण्डबाट बेच्दै आएकी छिन् । उनले आफ्नो व्यवसाय विस्तारको लागि २५ प्रतिशत शेयर दिने गरि ५० लाख रकम माग गरेकी थिइन् । जसमा सबै शार्कहरुले समान ८ प्रतिशत शेयर लिने गरि कुल ४० प्रतिशत शेयरको लागि कुल ५० लाख लगानी गरेका छन् । सबै शार्कहरुले समान १० लाख लगानी गरेका हुन् ।  शार्कहरुले आफुले गरेको लगानीको नाफा नलिने तथा नाफाको रकम कम्पनी मै लगानी हुने गरि सो रकम लगानी गरेका हुन् । व्यवसायको दृष्टिकोणले भन्दा पनि सामाजिक उत्तरदायित्वको हिसाबमा उनीहरुले सो लगानी गरेका हुन् । शार्कहरुले ग्रामिण भेगका महिलाहरुलाई फोकस गरेर काम गर्न प्रियालाई आग्रह गरेका छन् ।

४. सबको फोन

सबको फोनका फाउण्डर उत्तम काफ्ले हुन्। उनको कम्पनीले विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रयोग गरिसकेका मोबाइल फोनहरु खरिद गर्ने गरेको छ। ति फोनलाई उनले रिफर्बिस गरेर सबको फोनको ब्राण्डबाट बिक्रि गर्दै आएका छन्। यसो हुँदा प्रयोग भईसकेका मोबाइल बिक्री गर्न चाहनेले सजिल्यै बिक्री गर्न पाएका छन् भने सस्तो मूल्यमा नयाँ जस्तै फोन खरिद गर्न चाहनेले पनि रिफर्बिस गरिएको मोबाइल खरिद गर्न पाएका छन् ।

उनले आफ्नो व्यवसाय विस्तारको लागि २० प्रतिशत शेयर दिने गरि २ करोड रकम माग गरेका थिए। जसमा शार्क आनन्द बगरियाले ५० प्रतिशत शेयर लिने गरि आफुले २ करोड लगानी गर्न तयार रहेको प्रस्ताव गरेका थिए। काउन्टर अफर स्वरूप उत्तम काफ्लेले ३५ प्रतिशत शेयर दिने गरि २ करोड माग गरेका थिए। सो प्रस्ताव शार्क आनन्द बगेरियाले मान्न तयार भएनन् । ५० प्रतिशत शेयर दिन नक्सने बताएपछि उनले कुनै डिल अर्थात् लगानी पाएनन् ।

यस अघि : शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img