Wednesday, July 15, 2026
spot_img

अदालतको आदेशपछि पनि कहाँ अड्कियो रिलायन्स स्पिनिङ मिल्सको आईपीओको गाँठो ?

spot_img

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका वकिलको आग्रहमा रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिमार्फत आउन लागेको आईपीओबारे अदालतमा परेको मुद्दाको पेशी स्थगित भएपछि अन्तिम सुनुवाई रोकिएको छ । बुधबारका लागि पेशी तोकिएको भएपनि अध्यक्ष श्रेष्ठका वकिलको आग्रहमा पेशी स्थगित भएपछि उच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई हप्ता दिनका लागि सरेको छ ।

उच्च अदालत पाटनले गत बैशाख २४ गते नै रिलायन्सको आईपीओ प्रक्रिया रोक्न बोर्डले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, त्यसपछि पनि बोर्डले आईपीओ प्रक्रिया भने अघि बढाएको थिएन ।

यस मुद्दाको अन्तिम फैसलाका लागि बुधबार पेशी तोकिएको थियो। तर, उक्त पेशी विपक्षी (धितोपत्र बोर्ड)का वकिलको आग्रहमा स्थगित भएको हो ।

रिलायन्सले दायर गरेको मुद्दामा अन्तिम फैसलाका लागि उच्च अदालतले जेठ २८ गते पेशी तोकेको थियो । त्यसयता २ पटक हेर्न नभ्याइने र एक पटक हेर्न नमिल्नेमा परेको थियो। त्यसपछि बुधबार तेस्रो नम्बरमा परेको मुद्दा अन्तिममा विपक्षीका वकिलको आग्रहमा स्थगित गरिएको अदालतले जनाएको छ ।

भएको के हो ?
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको थियो । त्यसपछि सेबोनले २०८१ असार १२ गते विवरणपत्र प्रकाशनका लागि स्वीकृति दिँदै कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत जानकारी गराएको थियो ।

यसपछि बोर्डको स्वीकृतिका आधारमा कम्पनीले संस्थागत लगानीकर्तामा सेयर लगानी प्रस्ताव गर्‍यो । योग्य संस्थागत लगानीकर्ताबाट आएको प्रस्तावसमेत स्वीकृत भयो ।

तर, वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला हुनु भन्दा एक दिन अगाडी  नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोक्यो । बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले २०८१ असार २६ गते कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोके । उनको निर्णय अनुसार सेबोनले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई ‘धितोपत्र निष्काशन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न’ भन्दै पत्र पठायो ।

त्यसपछि अध्ययन र छानबिन भनिएपनि कम्पनीमा कैफियत नभेटिएको विवरण तथा निष्कर्षहरु आए । तर, बोर्डले आईपीओ प्रक्रिया अघि बढाएन । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सले २०८२ बैशाख गते उच्च अदालत पाटनमा अर्थ मन्त्रालय र सेबोनको सञ्चालक समिति र अध्यक्ष श्रेष्ठलाई विपक्षी बनाएर रिट दायर गर्‍यो । आईपीओ निष्काशन प्रक्रिया तत्काल अघि बढाइपाउँ भन्दै कम्पनीले दायर गरेको मुद्दामा बैशाख २४ गते उच्च अदालतले आईपीओ रोक्नू भन्ने सेबोनको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएका हुन् ।

अदालतको आदेश

तर, त्यसपछि अन्तिम फैसलाका लागि तोकिएका पेशीमध्ये २ पटक हेर्न नभ्याइने र एक पटक हेर्न नमिल्नेमा पर्‍यो । बुधबार तोकिएको अन्तिम फैसलाको पेशी विपक्षी सेबोनका वकिलको आग्रहमा स्थगित भयो । जसका कारण अब अन्तिम फैसला आउन अझै केही समय लाग्ने भएको छ ।

बुक बिल्डिङको आइपीओ बारे निर्णय गर्न आनाकानी
यसअघि रिलायन्सको आईपीओ निष्काशनविरुद्द अदालतमा मुद्दा परेको थियो । तर, गत साउनमै उच्च अदालतले रिट खारेज गरिदिएको थियो । रिट खारेज गर्दै उच्च अदालतले त्यतिबेला सेबोनलाई नै जिम्मेवार देखाएको थियो ।

तर, वित्तीय अवस्था परिवर्तन देखिएको भए योग्य संस्थागत लगानीकर्ताले निर्धारण गरेको मूल्यमा आवश्यक परे पुनर्मूल्यांकन गराउन सक्ने भनिदिएको थियो । उक्त फैसलाको पूर्णपाठ आएपछि बोर्डले २०८१ माघमा उक्त आदेश कार्यान्वयन गर्ने सुझाव दिन भन्दै सुपरीवेक्षण विभागका प्रमुखको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । तर, उक्त समितिले सुझाव सहितको प्रतिवेदन तयार पारिसके पनि बोर्ड अध्यक्ष श्रेष्ठले प्रतिवेदन नै नबुझेको स्रोत बताउँछ ।

अध्यक्ष श्रेष्ठले बुक बिल्डिङमार्फत् जारी हुन लागेको आईपीओप्रति पक्षपातपूर्ण ब्यवहार गरिरहेको स्रोतले जनाएको छ । अध्यक्ष भएर आएको ७ महिनासम्म बुक बिल्डिङबारे कुनै निकास नदिनु, २०८१ साउनमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न बनाइएको समितिको प्रतिवेदन नबुझ्नु र अन्तिम फैसलाका लागि तोकिएको पेशी स्थगित गराउनुले अध्यक्ष श्रेष्ठ बुक बिल्डिङ विधिप्रति सकारात्मक छैनन् भन्ने देखाउने धितोपत्र बजारका जानकारहरु बताउँछन् ।

तर, अध्यक्ष श्रेष्ठले भने विगतदेखि आईपीओ रोकिएका कम्पनीलाई आईपीओ अनुमति दिने काम नै आफ्नो प्राथमिकतामा रहँदै आएको बताएका छन् । क्रमशः पाइपलाइनमा रहेका कम्पनीहरुले आईपीओ अनुमति पाउने उनको भनाइ छ । तर, एकैपटक धेरैलाई अनुमति दिँदा त्यसले बजारमा पार्ने असरसमेत हेर्नुपर्ने भएकाले असर नपरोस् भनेर बोर्ड सचेत रहेको उनले बताउने गरेका छन् । यद्यपी, बुक बिल्डिङको आईपीओ बारे भने उनले कतै बोलेका छैनन् ।

नियमावली र निर्देशिका नै परिमार्जन गर्ने तयारी 
यसअघि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गरेको थियो । तर, सर्वोत्तमको आईपीओ पनि विवादरहित हुन सकेन । त्यसपछि बोर्डले बुक विल्डिङ्ग सम्बन्धि निर्देशिका नै परिमार्जन गर्ने तयारी गरिरहेको छ ।

बोर्डले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममै बुक विल्डिङ्ग विधिमार्फत हुने सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने उल्लेख गरेको थियो । सोहि अनुसार काम भईरहेको बोर्ड स्रोतले जनाएको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको बुक विल्डिङ्ग विधिका केही व्यवस्था र  बुक विल्डिङ्ग निर्देशिका, २०७७ मा पनि परिमार्जन गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार योग्य संस्थागत लगानीकर्ताले पाउने शेयर र सर्वसाधारणले पाउने शेयरको अनुपात फेरबदल हुने सम्भावना छ । मूल्य निर्धारण प्रक्रियामा पनि केही फेरबदल हुन सक्ने बताइन्छ ।

नियमावली र निर्देशिका संशोधन गर्ने क्रममै रहेकोले बोर्डले त्यसपछि मात्र रिलायन्सलाई आईपीओको अनुमति दिने मनस्थिति बनाएको देखिन्छ । तर, यदि अदालतले स्पष्ट रुपमा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिनको लागि आदेश जारी गरेमा भने बोर्डले अनुमति दिनुपर्ने हुन्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img