Wednesday, June 24, 2026
spot_img

शेयरबजारमा ६ अर्ब बढीको कारोबार, विकास बैङ्कमा लगानीकर्ताको आकर्षण

spot_img
spot_img

आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १५.४६ अंकले बढेर २११९.६९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१३ कम्पनीका २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ ६४ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३० करोड ९ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको १७ करोड ६४ लाख, महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख, तथा शांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको शेयर मूल्य ९.२३ प्रतिशत , आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ७.३३ प्रतिशत ,तथा  शांग्रिला डेभलपमेन्ट बैंकको शेयर मुल्य ६.४२ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ । त्यस्तै दोर्दीखोला जलविद्युतको शेयर मूल्य ४.७५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाइनान्स समुह र उत्पादन त्तहा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक बढेको छ । जस मध्ये विकास बैंक समुह सर्वाधिक ३.४३ प्रतिशत तथा लाइफ इन्स्योरेन्स समुह १.९७ प्रतिशत बढेको छ । फाइनान्स समुह भने ०.५९ प्रतिशत घटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...
spot_img