Wednesday, June 10, 2026
spot_img

प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित, कुलिङ पिरियडको व्यवस्था यथावत

spot_img
spot_img

प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आज आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्नको लागि प्रस्ताव पेश गरेका थिए । मन्त्री गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको र यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने बताए ।

विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था गरिएको छ । यो भनेको सरकारी कर्मचारी अवकाश भएपछि २ वर्षसम्म सरकारले त्यस्ता कर्मचारीलाई अर्को कुनै सरकारी नियुक्ति दिन पाउने छैन।

त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पु¥याइएको छ । साथै सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहने व्यवस्था गरिएको छ। अतिरिक्त सचिव तेह्रौं तहको कर्मचारी हुनेछन् । १४ औं तहमा सचिव र १५ औं तहमा मुख्य सचिव रहन्छन् ।

प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने गरि विधेयक पारित भएको छ। तर प्रदेश प्रमुख सचिव संघीय सेवाको हुने छन् । विधेयकमा ट्रेड युनियन व्यवस्थालाई यथावत राखिएको छ । विधेयकमले निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ ।

अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img