Wednesday, August 26, 2026
spot_img
spot_img

शेयरबजार अन्तिममा हरियो, फाइनान्स कम्पनीमा लगानीकर्ताको अत्याधिक आकर्षण

spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ ।दिनभर जसो रातो रहेको नेप्से सूचक ३.७९ अंकले बढेर २१०४.२२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१४ कम्पनीका १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ १७ पैसाको कारोबार भएको छ । जस मध्ये मन्जुश्री फाइनान्सको सर्वाधिक २३ करोड १ लाखको कारोबार भएको छ भने आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख, रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख तथा सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुहेश्वरि मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य ९.९८ प्रतिशत तथा मन्जुश्री फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ।

आज चिर्ख्वा हाइड्रोको शेयर मूल्य सर्वाधिक ४.७० प्रतिशतले घटेको छ भने हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य ४.२७ प्रतिशत घटेको छ ।

आज कारोबारमा एक मध्ये ट्रेडिङ समुह सर्वाधिक ६.१२ प्रतिशत बढेको छ भने फाइनान्स समुह ६.०४ प्रतिशत बढेको छ । आज बैंकिङ्ग समुह, विकास बैंक समुह र इन्भेष्टमेन्ट समुहको सूचक पनि बढेको छ। आज उत्पादन तथा प्रशोधन समुह सर्वाधिक १.०७ प्रतिशत घटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...