Wednesday, June 24, 2026
spot_img

नेष्डो समृद्ध लघुवित्तले २२ प्रतिशत शेयर बिनिमेश गर्ने, २०८२ असारसम्मको लक्ष्य

spot_img
spot_img

नेष्डो समृद्ध लघुवित्तले संस्थापक शेयर विनिमेश गर्ने भएको छ। कम्पनीको जेठ २५ गते सम्पन्न साधारणसभाले लघुवित्तको  संस्थापक शेयरधनी राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तमा  राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थाको ४७.०५८ प्रतिशत अर्थात १२ लाख कित्ता संस्थापक शेयर कायम रहेको छ।  राष्ट्र बैंकले सो अनुपातलाई २५ प्रतिशतको सिमा भित्र कायम गर्नको लागि यथाशिघ्र कार्ययोजना तय गर्न निर्देशन दिएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ११ बमोजिम २०८१ फाल्गुन २६ गते ५ वर्ष पुरा भई संस्थापक शेयर विक्री वितरण गर्न सकिने व्यवस्था छ । तर धितोपत्र दर्ता तथा निश्काशन नियमावलीमा “विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर वाँडफाँड भएको मितिले तीन वर्ष अवधि पूरा नभई बिक्री गर्न पाईने छैन ।” भन्ने व्यवस्था छ ।

सोहि व्यवस्थाको कारण अब कम्पनीले सो अवधी पुरा भई मात्र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थाको नाममा रहेको संस्थापक बिक्री गर्ने भएको छ। कम्पनीका अनुसार २०८१ फाल्गुन २६ गतेदेखि सबै कानूनी तथा नीतिगत शर्तहरु समेत पुरा हुने हुँदा त्यसपछि संस्थापक शेयरधनि राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको नाममा रहेको संस्थापक शेयर बिक्री प्रक्रिया अगाडी बढाइने छ। सो संस्थाले धारण गरेको १२ लाख कित्ता मध्ये ५ लाख ६२ हजार कित्ता शेयर विनिमेशको लागि २०८१ फाल्गुन २६ गते देखि प्रक्रिया शुरुवात गरी २०८२ असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी  कार्ययोजना लघुवित्तको साधारणसभाले पारित गरेको छ । विनिमेश गरिने शेयर २२.०३ प्रतिशत हो ।

कार्य योजना अनुसार २०८१ असार मसान्त भित्र नेष्डो नेपाललाई पत्राचार गर्ने, २०८१ पुस मसान्त भित्र नेष्डो नेपालको साधारणसभाबाट पारित गर्ने, २०८१ माघ मसान्त भित्र नेष्डो नेपालको संचालक समितिसँग छलफल गर्ने, २०८१ फागुन २७ गते राष्ट्र बैंकमा शेयर विनिमेश गर्नको स्वीकृति माग गर्ने, २०८१ चैत्र मसान्त भित्र शेयर बिक्रीको लागि सूचना प्रकाशन गर्ने र २०८२ असार मसान्तसम्म चरणवद्द रुपमा शेयर बिक्री प्रक्रिया सम्पन्न गर्ने उल्लेख छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img