बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित् गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।













