सिटी होटेल लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जेठ ११ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.८ को अनुपातमा ८० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।
कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले काठमाडौँको सोल्टीमोडमा होटेल हायात सेन्ट्रीक संचालन गरिरहेको छ।













