Sunday, May 3, 2026
spot_img
spot_img

श्रमिकहरुको संगठन बजार बिक्री प्रतिनिधि संघ र वर्तमान बजारको अवस्था

spot_img
spot_img

नेपाली बजारमा कार्यरत श्रमिक बर्गहरुको छाता संगठन नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स ) को २५ ओैँ स्थापना दिवस लाई देशव्यापी रूपमा विविध सामाजिक एबं धार्मिक सेवाका कार्य गर्दै मनाउँदै गर्दा साँच्चिनै एक खालको उत्साह उमंग छाएको छ। बजारमा कार्यरत बजार प्रतिनिधिहरू बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात् गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरूको दृढ परिकल्पनामा “उद्योग व्यवसायको रक्षा गरौँ रोजगारीको सृजना गरौँ” भन्ने मूल नाराका साथ २०५८ सालमा कास्की जिल्लाको पोखरामा दर्ता भई स्थापित एक श्रमिक सङ्गठन हो ।

यस सङ्गठनको उदेश्य / काम र कर्तव्यहरूका बारेमा प्रष्ट नीति नियम नहुँदा केही दुबिधा /अन्यौलता सृजना भएको थियो भने हाल उक्त सङ्गठनले विधान/कानुन निर्माण गरी विधान बमोजिम हरेक गतिविधि गरिरहेको पाइन्छ । गत बर्ष श्रम बिभागमा दर्ता भई आधिकारिकता प्राप्त यस संस्था हाल सातै वटा प्रदेश र ३० भन्दा बढि शाखा तथा इकाईहरू गठन गरी देशव्यापी रूपमा फैलिएको छ भने केही इकाईहरु गठन हुने प्रक्रियामा रहेका छन्। नाम्समा आबद्ध भइरहँदा एउटा कुनै पनि सेल्समा कार्यरत श्रमिक सेल्समा काम गरिरहँदा निर्बाध रूपमा काम गर्न सक्ने वातावरण सृजना यस नाम्सले गरेको पाइन्छ । यस सङ्गठनमा जोडिँदै गर्दा कम्पनी र बजारको मध्यस्थकर्ताको काम गर्ने काम यस सङ्गठनमा आबद्ध सदस्यहरूको हो । राष्ट्रिय एव बहुराष्ट्रिय कम्पनीहरूको बजार बिस्तार एवं उत्पादकत्व वृद्धि गर्नका निम्ति हरेक कम्पनीहरूमा बजार प्रतिनिधिहरूको आवश्यकता पर्दछ । यस प्रतिष्ठित पेशामा संग्लगन शिक्षित मान्छेको उपस्थित भइरहेको छ भने यस पेशालाइ एक प्रतिष्ठित पेशाको रूपमा पनि लिन सकिन्छ ।
हाल देश आर्थिक मन्दीको र राजनीतिक खिचतानिको चपेटामा परेको छ । नेपाली बजारमा मन्दी का कारण केही साना कम्पनीहरू बन्द भइसकेका छन् भने बजारमा केही हिस्सा ओगटेका केही कम्पनीको समेत अवस्था धरासायी अवस्थामा छ । सरकारको प्रष्ट निति नहुँदा नेपाली उद्योग ब्यासायमा ठुलो समस्या निम्तिएको पाइन्छ । नेपालमा उद्योग व्यवसायको सम्भावना लाई मध्ये नजर गरी योजना निर्माण गरिनु पर्दछ । वैदेशिक रोजगारीमा युवा जमात को वृद्धि दिनानुदिन बढ्दै जानु मुख्य कारण भनेको नै नेपालका उद्योग ब्याबसायहरुको यथोचित विकास हुन नसक्नु हो । अबका दिनहरूमा देशका सम्पूर्ण कलकारखाना उद्योग धन्दालाई नियमित/ निदबाद रूपमा सञ्चालन गरी वैदेशिक रोजगारीमा उत्साहित युवाहरूको ध्यान लाई आफ्नै देशमा लगाउन विभिन्न स्थानीय निकाय एबं सरकारको तर्फबाट ध्यान केन्द्रीकृत गर्नु जरुरत छ । तब मात्रै नेपाल बजार बिक्री प्रतिनिधि संघ भनेर गौरव का साथ २५ ओैँ स्थापना दिवस मनाएको महत्त्व रहन्छ । साथै यस स्थापना दिवसले सम्पूर्ण श्रमिक बर्गहरुको मर्म/कर्म बुझ्न सकोस् २५ ओै स्थापना दिबस को अवसरमा सम्पूर्ण उद्योग ब्याबसायी एबं समस्त ग्राहक बर्गमा शुभकामना व्यक्त गर्दछु ।

(शुभचिन्तक : दुर्गा भुजेल -नेपाल बजार बिक्री प्रतिनिधि संघ))
कार्यरत संस्था- रिजनल सेल्स मेनेजर – मनकामना फ्रुट एण्ड बेभरेज प्रा लि

spot_img
spot_img

1 COMMENT

  1. धेरै धेरै धन्यवाद दुर्गा सर । चिन्ता को साथै राय सल्लाह सुझाव को लागि हजुर हरु जस्तै दिग्गज ब्याक्तित्व बाट सधै यिर यस्तै सल्लाह /सुझाव को लागि हामी अपेक्षित छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img