Wednesday, August 26, 2026
spot_img
spot_img

भुगर्भ सिमेन्टले आईपीओ निष्काशन गर्ने

spot_img

भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।

सो सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ मंसिर १५ गते प्रालिको रुपमा दर्ता भएको भुगर्भ सिमेन्ट २०८० असार ७ गते पब्लिक कम्पनीका रुपमा परिणत भएको थियो । यस कम्पनीले ओपिसी (भुगर्भ सिमेन्ट) तथा पीपीसी(अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओपीसी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पीपीसी सिमेन्ट छ । कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौ उपत्यकामा छ ।

कम्पनीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–६,मा सिमेन्ट कारखाना तथा नरपानीरखाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ । कारखानाबाट खानीको दुरी करीव ७५ किमी रहेको र आईईई प्रतिवेदन अनुसार दैनिक करिब ३ हजार २०० टनका दरले वार्षिक ९ लाख ६० हजार मेट्रिक टन उत्खनन् क्षमता रहनुका साथै उक्त क्षेत्रमा चूनढुङ्गाको भौगर्भिक संचिती १ करोड ७८ लाख ९८ हजार १०० मेट्रिक टन र माइनएवल १ करोड ६१ लाख ८ हजार ३०० मेट्रिक टन छ। कपिलवस्तु जिल्लाको शिवराज ६ मा करिब ११ बिघा जमीनमा उद्योगले उत्पादन गर्दै आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...