सरकारले सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै यस्तो घोषणा गरेको हुन् ।सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने पनि उनले बताए ।
वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने बजेटले गरेको छैन ।
उनले सरकारले सबै प्रकारका सामाजिक भत्ताहरूलाई एकीकृत गर्ने र समन्यायिक ढंगले वितरण गर्ने बताए ।
सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा पनि सरकारले गरेको छ।
उनका अनुसार जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने छ।









