Wednesday, May 6, 2026
spot_img
spot_img

मौद्रिक नीतिको समीक्षाले गरेका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले जारी गर्यो निर्देशन

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाले गरेका व्यवस्था गर्नको लागि निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज निर्देशन जारी गरेको हो ।

मौद्रिक नीतिको समीक्षाले गरेका दुई विषयमा आज निर्देशन जारी भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था र  विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने व्यवस्थाको लागि आज निर्देशन जारी भएको हो।

यस संगै अब शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम भएको छ।

यस्ता थिए समीक्षाले गरेका नयाँ व्यवस्था  

१. आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।

२. नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

३. विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।

४. विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ ।

५. लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ ।

६. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज...

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...
spot_img