Wednesday, April 22, 2026
spot_img
spot_img

१० वर्षमा ईभीको हिस्सा ९५ प्रतिशतसम्म पुर्‍याइने, साढे १२ खर्ब लगानी आवश्यक

spot_img
spot_img

सरकारले आउँदो १० वर्षभित्र निजी सवारी साधनमा विद्युतीय सवारीको हिस्सा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । २०८२ वैशाख ३१ गते मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) अनुसार सन् २०३५ सम्म निजी सवारीतर्फ ९५ प्रतिशत हिस्सा विद्युतीय सवारी साधन पुर्‍याउने लक्ष्य राखिएको छ । उक्त लक्ष्य सगरमाथा संवादको अवसरमा जेठ ३ गते सार्वजनिक गरिएको हो ।

यसअनुसार, सन् २०३० सम्म दुईपांग्रे र चारपांग्रे निजी विद्युतीय सवारीसाधनको हिस्सा कुल खपतमा ९० प्रतिशत पुर्‍याइनेछ । त्यसको ५ वर्ष अर्थात् २०३५ भित्रमा ९५ प्रतिशत पुर्‍याइने लक्ष्यमा उल्लेख गरिएको छ । सन् २०३५ भित्रै सार्वजनिक यातायातमा ईभीको हिस्सा ९० प्रतिशत पुर्‍याउने पनि एनडीसी ३.० को लक्ष्य छ ।

यस्तै, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय योजनामा ‘सन् २०२५ मा दुइ र चार पाङ्ग्रे निजी सवारी साधन बिक्रीको २५ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको हुने’ उल्लेख छ । सन् २०३० सम्ममा उक्त हिस्सा ९० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको छ ।

गत वर्षको साउन १६ गते मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको सो योजनामा सन् २०२५ सम्ममा रिक्सा र टेम्पुबाहेक चार पाङ्ग्रे सार्वजनिक सवारी साधनको बिक्रीको २० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको हुने र सन् २०३० मा उक्त हिस्सा ६० प्रतिशत पुर्‍याउने उल्लेख छ ।

अहिले कति छ ईभीको हिस्सा ?

तथ्याङ्क अनुसार पछिल्लो वर्ष (सन् २०२४ सम्म) सम्ममा निजी सवारी साधनतर्फ विद्युतीय सवारीको हिस्सा १२.३८ प्रतिशत पुगेको छ । अहिले ईभीले लिएको बजार हिस्सा (१२.३८ प्रतिशत)लाई १०० प्रतिशत मान्दा चार पाङ्ग्रे ईभीको उपस्थिति ४६ प्रतिशत पुगेको छ भने दुइ पाङ्ग्रे ईभीको हिस्सा ९.५ प्रतिशत छ ।

सार्वजनिक सवारीतर्फ सडकमा गुड्ने कुल गाडीको अनुपातमा २९ प्रतिशत ईभी पुगिसकेका छन् । खासगरी, काठमाडौँ उपत्यकाभित्र गुड्ने छोटो दूरीका सार्वजनिक सवारी साधनतर्फ ईभी माइक्रो बसको उपस्थिति बढेको र काठमाडौँबाट हरेक दिन छुट्ने सार्वजनिक यातायातमा पनि ईभी माइक्रो बस तथा भ्यानको हिस्सा बढिरहेकाले सार्वजनिक सवारीमा पनि ईभीको उपस्थिति बढ्दो क्रममा रहेको देखिएको छ । यसबाहेक काठमाडौँ बाहिरका शहरभित्र पनि ईभीको प्रयोग बढ्दो देखिएको छ ।

अब ठूला सिट क्षमताका गाडीतर्फ पनि ईभीको उपस्थिति बढाउनुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् । अहिले सुन्दर यातायात र साझा यातायातले मात्रै केही ठूला ईभी चलाइरहेका छन् ।

एनडीसी ३.० को लक्ष्य भेट्टाउन १२.५ खर्ब लगानी आवश्यक

मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) को लक्ष्य पूरा गर्न १२.५ खर्ब लगानी गर्नुपर्ने देखिएको छ । सन् २०३० सम्ममा ४.४५ अर्ब डलर र सन् २०३५ सम्म ९.२ अर्ब डलर लगानी गर्नुपर्ने उल्लेख छ । यो भनेको हालको विनिमय दरअनुसार १२ खर्ब ५१ अर्ब नेपाली रुपैयाँ हुन आउँछ ।

यो लगानी गाडीको बिक्रीमा मात्रै नभई चार्जिङ स्टेशन, जनशक्ति उत्पादन, सर्भिस सेन्टरको विस्तार लगायतका ईभीमैत्री पूर्वाधार निर्माणमा खर्च हुने हिसाबका आधारमा निकालिएको बताइएको छ । कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य पूरा गर्न पनि ईभीको खपत बढाउनुपर्ने भएकाले सरोकारवाला सँगको छलफलबाटै यो लक्ष्य निर्धारण गरिएको बताइएको छ ।

जलवायुसम्बन्धी पेरिस सम्झौताले सन् २०५० सम्ममा विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सिमित गर्ने घोषणा गरेको छ । नेपालले पनि जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप–२६) मा सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिवद्धता जनाएको थियो ।

यसलाई पूरा गर्न पनि हाइड्रोजन र वैकल्पिक ऊर्जाबाट चल्ने साधनलाई प्राथमिकता दिनका लागि एनडीसी ३.० मा सन् २०३५ भित्र निजी सवारीतर्फ ९५ प्रतिशत र सार्वजनिक सवारीतर्फ ९० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको पुर्‍याउने लक्ष्य लिइएको उल्लेख गरिएको छ । यसका लागि सरकारी निकाय, विद्यालय, स्वास्थ्य संस्थालाई गाडी किन्दा विद्युतीय गाडी किन्न लगाइने जनाइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...
spot_img