Tuesday, March 17, 2026
spot_img

१० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने जिम्मा बंगलादेशको कम्पनीलाई

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि प्राविधिक रुपमा एउटा मात्र कम्पनीलाई योग्य ठहराएको छ। राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागले प्राविधिक रुपमा बंगलादेशको Howladar Yunus & Co. लाई मात्र योग्य ठहराएको हो ।

यस अघि राष्ट्र बैंकले  ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका थिए। यी मध्येबाट राष्ट्र बैंकले प्राविधिक रुपमा Howladar मात्र योग्य ठहर गरेको हो ।

अब राष्ट्र बैंकले Howladar लाई वित्तीय प्रस्ताव पेश गर्ने भन्ने छ। एउटा मात्र कम्पनी योग्य भएकोले यहि कम्पनीले नै १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने छ ।

यद्यपि यस अघि पनि राष्ट्र बैंकले एउटा मात्र कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गरेको थियो। तर सो कम्पनीको वित्तीय प्रस्ताव महँगो भएको भन्दै ठेक्का नै रद्द गरेको थियो।

राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।

किन गरिंदै छ १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु ?

राष्ट्र बैंकले मर्जर तथा प्राप्ति पश्चात ठूलो बनेका १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्ने तयारी गरेको हो।अन्तराष्ट्रिय मुद्रा कोषको शर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु हुन लागेको हो । यसलाई राष्ट्र बैंकले यसलाई सम्पत्ति गुणस्तर समीक्षा भनेको छ ।  राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा बैंकको कर्जा, र  सम्पतिलगायतका खाता जाँच गरिन्छ। बैंकहरुले ऋण कहाँ र कस्तो क्षेत्रमा दिएका छन्, र त्यसको ताजा अवस्था के छ भनेर समीक्षा गरिन्छ।

अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार लगानी कै कारण भविष्यमा बैंकहरुमा ठूलो जोखिम नआओस् भनेर सम्पत्ति गुणस्तर समीक्षा गर्ने गरिन्छ । यो अन्तराष्ट्रिय अभ्यास नै भएको कोषको भनाई छ।  १० ठूला बैंकको समीक्षा गर्दा यसले समग्र बैंकको अवस्था देखाउने र त्यसको नतिजा अन्य बैंक तथा वित्तीय संस्थालाई मार्गदर्शन हुने बताईएको छ।

नेपालले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा अन्तर्गत ऋणको लागि सम्झौता गर्दा नेपालले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नु पर्ने शर्त थियो । सोहि अनुसार यस खालको रिभ्यु हुन लागेको हो । अहिले बैंकहरुले देखाएको खराब कर्जा वास्तविक नभएको भन्दै यो रिभ्युपछि बैंकहरुको खराब कर्जा अझै बढ्ने मुद्रा कोषको आँकलन छ।

यस कर्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल बैक, ग्लोबल आइएमई बैक, प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंकको पोर्टफोलियो रिभ्यु हुनेछ । यसमा बैंकको अडिट भने हुने होइन ।

यस अघि रद्द भएको थियो ठेक्का 

राष्ट्र बैंकले यस अघि पनि १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ठेक्का आह्वान गरेको थियो। जसमा ५ वटा कम्पनी सर्ट लिस्टमा परेका थिए । ति ५ मध्ये पनि भारतको केपीएमजी अस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपी मात्र प्राविधिक रुपमा योग्य ठहर भएको थियो । तर २०२४ सेप्टेम्बर १ मा खोलिएको वित्तीय प्रस्ताव राष्ट्र बैंकले अस्विकार गरेको थियो। सो कम्पनीले ठेक्काको लागि महँगो मूल्य प्रस्ताव गरेपछि राष्ट्र बैंकले ठेक्का नै रद्द गरेको थियो। वित्तीय प्रस्ताव अस्विकार भएसंगै राष्ट्र बैंकले सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (क) अनुसार ठेक्का रद्द गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शिखर पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज चैत्र...

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, ५ गते प्रमाणपत्र वितरण हुने

निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी...

विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस

नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा...

इरानले पहिलो पटक हान्यो ‘डान्सिङ मिसाइल’, तनावमा इजरायल र अमेरिका

इजरायल र अमेरिकासँगको चलिरहेको युद्धमा ईरानले आइतबार आफ्नो उन्नत...
spot_img