Friday, July 17, 2026
spot_img

डा. विश्व पौडेल: सानिमा बैंकको संचालकदेखि केन्द्रीय बैंकको गभर्नरसम्म

spot_img

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनको कार्यकाल ५ वर्षको हुने छ ।

यस अघि आज नै बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा डा. पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो। पौडेलसंगै हाल कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। ति मध्येबाट पौडेल गभर्नर नियुक्त भएका हुन् ।

को हुन् पौडेल ?

अर्थशास्त्री रहेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। सन् २०१२ मा उनी सानिमा बैंकको संचालक समिति सदस्य बनेका थिए ।

डिसेम्बर २०१२ देखि उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरे । २०७८ मा सरकारले उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको थियो। तर उनी पछि सो पदबाट राजीनामा दिएर २०७९ मा प्रतिनिसभा निर्वाचन लड्न चितवन गए । चितवन क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी तेस्रो स्थानमा रहदै पराजित भए । त्यसपछि उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसरको रुपमा अध्यापन पेशामा संलग्न थिए ।

उनीसँग सन् २०१८ देखि सन् २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ ।  उनी  सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए। उनी युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टि थिए ।  उनको अर्थतन्त्र सम्बन्धि कैयौ लेख, र जर्नलहरु प्रकाशित छन् ।

@businesspana डा.विश्व पौडेल नयाँ GOVERNOR #NEPALRASTRABANK #bishwopoudel #governor #newgovernorofnepal ♬ original sound – Businesspana

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...
spot_img