पछिल्ला केही दिनयता गर्मी बढेको महशुस पक्कै गर्नु भएकै होला । गर्मी बढेसँगै चीसो पेयपदार्थको माग बजारमा बढ्ने गर्दछ । नेपाली कम्पनी मनकामना फ्रुट एण्ड वेभरेजले गर्मी मौसममा पिउँदा शितलता प्रदान गर्ने पुदीना फ्लेवरको चीसो पेयपदार्थ ‘मिन्ट लेमनेड’ बजारमा ल्याएको छ । ‘मिन्ट लेमनेड’ पिउँदा आजसम्म तपाई हामीले पिएका चीसो पेयपदार्थ भन्दा निकै भिन्न स्वाद पाउन सकिन्छ ।
एक त गर्मी मौसम, त्यसमाथि पुदीना र कागती मिश्रण भएको ‘मिन्ट लेमनेड’ पिउँदा यसले शरीरमा स्फूर्तिसहित छुट्टै खालको अनुभूति प्रदान गर्दछ । कम्पनीका रिजनल सेल्स मेनेजर दुर्गा भुजेलका अनुसार झापाको अर्जुनधारा नगरपालिका ५ स्थित उधोग बाट उत्पादन गरिएका ‘मिन्ट लेमनेड’मा सम्पूर्ण स्वदेशी कच्चा पदार्थ प्रयोग गरिएका छन् ।
‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो’ भुजेल भन्छन्, ‘मिन्ट लेमनेड भनेको पुदीना फ्लेवरको चीसो पेय पदार्थ हो, यो फ्लेवरको उत्पादन अन्य कम्पनीको छैन । यो उत्पादन नेपालमा पहिलो पनि हो ।’

यो उत्पादन अहिले बजारमा निकै रुचाइएको र खोजीको उत्पादन बनेको छ । काठमाडौँ मात्रै नभई देशका हरेक शहर बजारमा पुगेको ‘मिन्ट लेमनेड’ गर्मीको समयमा अत्याधिक खोजी हुने चीसो पेयपदार्थ बनेको छ । भाटभटेनी, बिग मार्ट, सेल्सबेरि जस्ता चेन सुपरस्टोर तथा सुपरमार्केटहरुमा पनि ‘मिन्ट लेमनेड’को खपत निकै बढिरहेको छ । यस बाहेक खाजा घर, किराना पसल तथा स्कुल/कलेज/हस्पिटल लगायत विभिन्न कार्यालयका क्यान्टिनहरुमा पनि यसलाई उपभोक्ताले निकै रुचाएका छन् ।
सबै उमेर समूहका मानिसहरुले पिउन मिल्ने यस चीसो पेयपदार्थ विभिन्न तीन ‘प्याक साइज’मा उपलब्ध छ । कम्पनीका रिजनल सेल्स मेनेजर भुजेलका अनुसार ‘मिन्ट लेमनेड’ उत्पादनहरू २५० मिलिलिटर, १.५ लिटर र २.२५ लिटरको साइजमा बजारमा पाइन्छन् । २५० मिलिलिटरको मूल्य प्रति बोतल ५० रुपैयाँ, १.५ लिटरको मूल्य प्रति बोतल १९० रुपैयाँ र २.२५ लिटर (जम्बो)को मूल्य प्रति बोतल २७० रुपैयाँ रहेको छ ।

‘अहिले काठमाडौँका २५ भन्दा बढी डिलर्समार्फत उपत्यकाका बजारमा मिन्ट लेमनेड पुगिरहेको छ, काठमाडौँबाहेक देशैभरका शहर बजारमा पनि हाम्रो उत्पादन उपलब्ध छ’ भुजेलले भने, ‘गर्मीका लागि सुहाउँदो उत्पादन रहेछ भनेर बजारमा निकै माग बढिरहेको छ । उपभोक्ताले पनि अत्याधिक रुचाउनु भएको छ । चीसो बनाएर पिउनु होला मिन्ट लेमनेड पिउनुको छुट्टै आन्नद हुन्छ ।’













