Thursday, May 7, 2026
spot_img
spot_img

एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

spot_img
spot_img

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २९ गते साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.ब. २०८०/०८१ को नाफाबाट  हाल कायम रहेको चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश गरि कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश हुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८०/८१ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु. ३२,९२,९७१ /- (०.१३१५७९ प्रतिशत नगद लाभांश स्विकृत गर्ने ।

(५) संचालक समितिको बैठक भत्ता बारे ।

(ख) विशेष प्रस्तावहरु :

(१) सञ्चालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०८०/८१ को मुनाफाबाट चुक्तापुँजी रु.२,५०,२६,५७,९८२/- (अक्षरेपि दुई अर्ब पचास करोड छबिस लाख सन्ताउन्न हजार नौ सय बयासी रुपैयाँ) को २.५० प्रतिशतको दरले रु.६,२५,६६, ४५०/- (अक्षरेपि छ करोड पचिस लाख छैसाठी हजार चार सय पचास मात्र) बराबर वोनस शेयर वितरण गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

(२) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई रु.२,५६,५२,२४,४३२/- (दुई अर्ब छपन्न करोड बाउन्न लाख चौबीस हजार चार सय बत्तीस रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

(३) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(४) कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्च अनुमोदन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img