दोर्दी खोला जलविद्युत कम्पनीले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार वैशाख ३१ गते शेयर बाँडफाँड गरिएको हो ।
क्यापिटलका अनुसार कम्पनीको हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ८५ लाख ९५ हजार ९ सय २८ कित्ता शेयर बाँडफाँड गरिएको छ। कम्पनीले हकप्रदमा नपरेको पैसा जेठ ४ गतेदेखि फिर्ता गर्ने जनाएको छ । साथै हकप्रदमा बिक्री नभएको १९ लाख ४६ हजार ६ सय ७६ कित्ता शेयर लिलाममा आउने छ।
कम्पनीले चैत्र १९ देखि वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।













