Tuesday, September 8, 2026
spot_img

पाथीभरा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

spot_img

सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायाधीश द्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको हो ।

पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो । यो आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि बढेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...