सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा सामान्य घटेको छ।
यस अवधिमा कम्पनीले ८ करोड ८७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९ करोड २ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९४ करोड ५५ लाखबाट घटेर ७४ करोड १२ लाख कायम भएको छ। यस त्रैमासमा आयोजनाको मेशिनको मर्मत कार्य गरिएको र सो अवधिमा विद्युत उत्पादन नभएकोले विद्युत बिक्रीको आम्दानी घटेको कम्पनीले जनाएको छ। विद्युत बिक्रीको आम्दानी घटेपछि कम्पनीको नाफा पनि घटेको हो ।
कम्पनीको ब्याज खर्च भने ५६ करोड ७९ लाखबाट घटेर ३६ करोड २९ लाख मात्र कायम भएको छ। २ अर्ब २० करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ११ करोड ६४ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०५ रुपैयाँ २८ पैसा रहेको छ।












