स्वाभिमान लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १८८३ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले ३ करोड ५७ लाख ३७ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १८ लाख १ हजार मात्रै थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ९९ लाखबाट बढेर ११ करोड ८४ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी ८ करोड ८० लाखबाट बढेर १४ करोड ५ लाख पुगेको छ।
यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुटाएको रकमबाट ४ करोड ८३ लाख रुपैयाँ राइटब्याक गरेको छ। खुद ब्याज आम्दानी बढेको र राइट ब्याकबाट ठूलो रकम आउँदा कम्पनीको नाफामा उछाल आएको देखिन्छ ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ३२ रुपैयाँ ६१ पैसा, र प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ ३२ पैसा रहेको छ। कम्पनीको खराब कर्जा भने ३.७० प्रतिशतबाट बढेर ४.११ प्रतिशत पुगेको छ।
१४ करोड ६१ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ३० लाख रुपैयाँ रहेको छ।












