Sunday, May 31, 2026
spot_img

कक्षा १२ को परीक्षा नरोकिने

spot_img
spot_img

वैशाख ११ गतेदेखि हुने तय भएको कक्षा १२ को परीक्षा नरोकिने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षकहरुको आन्दोलन जारी रहेको र हिजो सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका व्यक्त भएका थिए । तर आज बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताए। बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको उनले बताए।

बोर्डले  द्विविधा नराखी परीक्षाको तयारी गर्न  विद्यार्थीहरुलाई अनुरोध गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बालेन सरकारको पहिलो बजेट, यी हुन् सर्वाधिक आलोचना भएका ४ विषय

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

५० युनिटभन्दा बढीको विद्युत खपतमा लगाईएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

पूर्व मन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ...

ईभीमा १३० प्रतिशतसम्म कर

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको...

अब कति कमाउँदा कति तिर्नु पर्छ कर ?

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य...

५१ प्रतिशत पुग्यो चुरोटको कर

सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ ।...
spot_img