Thursday, May 7, 2026
spot_img
spot_img

अघिल्लो वर्ष घाटामा रहेको सेन्ट्रल फाइनान्स १ करोड ६९ लाख नाफामा

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख ७७ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवाधिमा कम्पनी ६ करोड १४ लाख घाटामा थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८ करोड ५ लाखबाट घटेर १३ करोड १ लाख कायम भएको छ। कम्पनीको कुल संचालन आम्दानी पनि १९ करोड ६५ लाखबाट घटेर १८ करोड ३६ लाख कायम भएको छ।

कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १४ करोड १७ लाखबाट घटेर ३ करोड ७५ लाख मात्र कायम भएको छ। यस कारण कम्पनीको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ३६ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक ५१.०३ रुपैयाँ रहेको छ।

९४ करोड ८८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४१ करोड ६७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.३९ रुपैयाँ , र प्रति शेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...
spot_img