Sunday, May 3, 2026
spot_img
spot_img

दोर्दी खोला जलविद्युतको हकप्रद भर्ने आज अन्तिम दिन

spot_img
spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत्र १९ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रद सेयर व्यवस्थापनमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीको हकप्रदमा सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकका तोकिएको शाखाबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img