चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल बैंकको खुद नाफा २०३२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले २ अर्ब ७८ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १३ करोड ५ लाख मात्रै थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड पुगेको छ। त्यस्तै बैंकको खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी ७ अर्ब ६३ करोडबाट बढेर ७ अर्ब ८५ करोड पुगेको छ। बैंकको कुल संचालन आम्दानी ७ अर्ब ९९ करोडबाट बढेर ८ अर्ब ५६ करोड पुगेको छ।
यस अवधिमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज शिर्षकको खर्च ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड १८ लाख मात्र कायम भएको छ। यस कारण बैंकको खुद नाफा २०३२ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रहेको छ। बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी २.७८ रुपैयाँ रहेको छ। बैंकको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी २५.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ।
१४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २३ अर्ब ३१ करोड रहेको छ।












