सबै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । यस अवधि वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बाणिज्य बैंकहरुको खुद नाफा १.३९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार थियो।
यस अवधिमा २० बैंक मध्ये ११ वटाको नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ। प्रतिशतको आधारमा सर्वाधिक नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको खुद नाफा २०३२.८० प्रतिशतले बढेको छ। एनआईसी एशिया बैंकको खुफ नाफा भने सर्वाधिक ९१.८१ प्रतिशतले घटेको छ। रकमको आधारमा नबिल बैंकले सर्वाधिक ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ।
हेर्नुस् चालु आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को तेस्रो त्रैमाससम्मको तुलनात्मक विवरण:













