नेपाल ल्युब आयल लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र २७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १:२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले १४ करोड ५७ लाख २५ हजार ३ सय ६० रुपैयाँ बराबरको १४ लाख ७५ हजार २ सय ५३ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
हकप्रद शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीको गत माघ २९ गते सम्पन्न विशेष साधारणसभाके हकप्रद प्रस्ताव पारित गरेको थियो।













