Friday, May 8, 2026
spot_img
spot_img

कोशी प्रदेशका विभिन्न ठाउँमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि बीमा सचेतना कार्यक्रम

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीले संखुवासभाको पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गरेका थिए ।

नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा, साथै कृषि वीमा को नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बीमा मा आवश्यक भुमिकाबारे महत्वपूर्ण जानकारी गराएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बीमासँग आवद्द गराउनुपर्ने,साथै पालीकाले पनि आवश्यक सहजीकरण गर्दै लैजाने बताएका छन् ।

संखुवासभामा र्निजिवन बीमाको अवस्था र आवश्यक्ताका बारेमा बोल्दै कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमले कम्पनीले बीमाको दायरा बढाई थप बिस्तार गरेर किसानको पहूँच सम्म पुर्याउने काम गर्ने बताएका छन् । उपस्थित किसानहरुले बीमा आजको आवश्यकता रहेको र यस सचेतना कार्यक्रमले बीमा सम्बन्धि प्रष्ट पारेको बताएका थिए ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्गको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो ।

कार्यक्रममा मुख्य बक्ताको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल रहेका थिए । कार्यक्रममा बीमा कसरी गर्ने, कहाँ गर्ने, किन गर्ने सहितको विस्तृत जानकारी र दाबीको समयमा क्षतिपुर्ती लिने आवश्यक प्रकृया बारे जानकारी गराइएको थियो ।

वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सहभागि रहेको कार्यक्रममा बीमाका माध्यमबाट सूरक्षाको प्रत्याभुति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे समेत जानकारी गराईएको थियो ।

कृषि ज्ञान केन्द्र भोजपुरको आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको समन्वयमा मिती २०८१ चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरमा पनि कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img