Thursday, June 18, 2026
spot_img

डिम्याट खातामा आयो क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ, कतिमा हुन्छ सुरुवाती कारोबार ?

spot_img
spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको डिम्याट खातामा बिहीबार साँझ शेयर आएको हो ।

यस संगै अब नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। कम्पनीको शेयर CREST सिम्बलबाट कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०३.२७ रुपैयाँ देखि ३०९.८१ रुपैयाँको सुरुवाती रेन्ज तोक्ने सम्भावना छ। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने छ। सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि ३०९.८१ मा हुने सम्भावना छ।

कम्पनीले निष्काशन गरेको आईपीओ  गत चैत्र २५ गते बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए। नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

सिटिजन्स बैंकले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ मा अवस्थित...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...
spot_img