दोर्दी खोला जलविद्युत कम्पनीको १ सय प्रतिशत हकप्रद सेयरमा आज चैत १९ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
जस अनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सकिनृछ ।
कम्पनीको हकप्रद सेयर व्यवस्थापनमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीको हकप्रदमा सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकका तोकिएको शाखाबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।













